सामाजिक सद्‌भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छ : पोखरेल

२४, फागुन काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन् ।

एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिवार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सज हुनुपर्ने बताएका हुन् ।

एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे ।