ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

६, चैत काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजार्चनाका लागि गर्न उनी गोरखा जान लागेका हुन् ।

शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।