
१४, चैत काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।
गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।
