महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी

१८, चैत काठमाडौं । नपाल क्रिकेट संघ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ ।

आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो। छनोट हुने खेलाडीहरूमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छन् ।

त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छन् ।