
१८, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।
साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ । आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्न सक्ने समेत बुझिएको छ ।
