काठमाडौँको वायु प्रदूषण कहिले हट्छ ?

२१, चैत काठमाडौँ । पछिल्लौ केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ ।

भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् ।

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।