स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

३१, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन् ।

झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले गौरादहमा निर्माण हुने उक्त अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए ।