
५ वैशाख,काठमाडौं ।
प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका बेला सो कामको आलोचना गरेर शिलन्यास कार्यक्रम नै बहिस्कार गरेकी दाहाल अहिले त्यही बाटो उद्घाटन समारोहमा उपस्थिति हृने भएकी छन् ।
संघीय सरकारको बजेटमा विस्तार गरिएको उक्त सडकको आज प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गदै छन् ।
शिलन्यासको समयमा दाहाल हराएको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्रममै उनको खोजी पनि गरेका थिए। तर दाहालले बहिस्कार गरेको जनाएकी थिइन् ।
प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकको वस्तुस्थिति बुझन आजै निरीक्षण गर्ने कार्यक्रम रहेको पनि उनको सचिवालयले जनाएको छ।
