यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१०, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ २३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७२ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।