
१०,वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार,पन्तले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
८ गते विद्या भट्टराईले स्वास्थ्यको कारण देखाइ शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको हो ।
मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
