
१० वैशाख,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका क्षेत्रमा आगामी २ दिन अत्याधिक गर्मी हुने जनाएको छ ।
महाशाखाका अनुसार केही ठाउँमा तातो हावाको लहरसमेत फैलन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।तातो हावाको लहरसम्बन्धी महाशाखाले बुधवार राति विषेश बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
महाशाखाले आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायतका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको जनाएको छ।
यस्तै लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन लुको समेत सम्भावना रहेको हुनाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

