चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्यांकन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

१३, वैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको’ दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन् ।

नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिनीसमेत गरिसकेको छ । यो अभ्यास एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास मानिएको छ ।