
१४, वैशाख काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बैठक बस्नेछ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।
