आजको मौसम : यी चार प्रदेशमा बिहानैदेखि वर्षा

१८, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू-भागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।

राति देशको पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।