आर्थिक गतिशिलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध : राष्ट्रपति

१९, वैशाख काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार सरकारको तर्फबाट संसद भवनमा सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२—०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएको हो ।

सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिवद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा सङ्कल्पका साथ सुशासन, प्रवद्र्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न कटिवद्ध रहेको बताए ।

समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याइ अराजकता सिर्जना गर्ने पक्षविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका पलब्धिहरुको रक्षा गर्न सरकार दृढ रहेको बताए ।