सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

२२, वैशाख काठमाडौं । मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो ।

सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो ।

कम प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए ।