
२५, वैशाख काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिया अनियमिता भएको आरोप लगाउँदै छानबिन गर्न माग गरेका छन् । उनले भने, “आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”
उनले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।
