परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

३, जेठ काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् ।

सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा.राणाले सो आग्रह गरेकी हुन् ।

परराष्ट्र मन्त्री डा।राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।