सत्तारुढ दल काँग्रेसको पदाधिकारी बुढानीलकण्ठमा बैठक सुरु

१२, जेठ काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

बैठक केही बेर अगाडि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

साथै पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।