राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने

१४, जेठ काठमाडौं । वर्तमान व्यवस्था विरोधीको समूह संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी अपिलमा भनिएको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख छ ।

यसैगरी आन्दोलनको मूल उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको माग रहेको उल्लेख गरिएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।