
१८, जेठ काठमाडौं । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको हो ।
नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन ।
उनका अनुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ । गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।
