खुकुरी प्रहारबाट एक जनाको मृत्यु

२१, जेठ काठमाडौं । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार गुरुङ र उनकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुगेको थियो ।

राति नै गुरुङ र उनकी श्रीमतीबिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाएका थिए ।

तर फक्ताङलुङ गाउँपालिका–३ को सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गर्नुभएको थियो । खुकुरी प्रहारपछि तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अर्जुन र सरिता दुवै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।