
२२, जेठ काठमाडौं । सल्यानमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित भएका छन्।
बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो ।
१४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाईले जनाएको छ ।
