
३१, जेठ काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ।
अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण गरेको हो ।
कार्कीलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए । उनले कलेजो प्रत्यारोपण झण्डै १३ घण्टा लागेको बताए। पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।
‘हामीले नेपालीहरू उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।’
कलेजो दाता आयुषले अंगदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अंगदान गर्न आग्रह गरे । उनले उपचारका लागि दुई पटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताए।
‘हामी उपचारका लागि दुई पटक भारत गएका थियो, तर त्यहाँ डक्टरको परामर्श चिता बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेपछि हामी झन् आत्तियौँ र नेपाल नै फर्क्यौँ’ कलेजो दाता आयुषले भने कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको अस्पतालले जनाएको छ । अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अंको पनि प्रत्यारोपण गर्दै आइरहेको छ ।
