
१३ असार,काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ।
बिहीबार बसेको शिक्षा,विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनको छलफलपमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।
अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने गरेको उहाँको आरोप छ।राजनीतिक नेतृत्व व्यावहारिक र जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाई थियो।
‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ।लेख्ने, बोल्ने,भाषण गर्ने तर कर्तव्य कोही पनि पूरा नगर्ने छन्।यो अहिलेको नेतृत्वमा भएको रोग हो ।त्यसकारण हामी व्यावहारिक हुनुपर्यो।’ संसद भण्डारीले भन्नुभयो ।
