
१५ साउन,काठमाडौं । नेपाललाई २०२६ को आईसीसी महिला टी(२० विश्वकप छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता १२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म प्रतियोगिता हुनेछ । आयोजक नेपाल रहने छ ।
१० टोलीहरूले विश्वकपमा चार स्थानका लागि प्रतिस्पर्धा गर्ने सो प्रतियोगिता जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ ।
बंगलादेश र आयरल्यान्डले २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा छनोटमा स्वतः स्थान पक्का गरेका छन् ।
थाइल्यान्ड र नेपाल एसिया क्षेत्रीय मार्गबाट छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।
बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई–दुई टोली र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोलीले सम्बन्धित क्षेत्रीय छनोट पूरा गरेपछि प्राप्त गर्नेछन् ।
