यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

२१ भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा र क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

त्यस्तै,युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैङ्कको भनाई छ ।