
२३ भदौ, काठमाडौं । आज सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।
हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण,सिदादान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ ।
सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सो अवधि सोह्रश्राद्धको नामले परिचित छ ।
सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्र,गोकर्णेश्वरको उत्तरगया क्षेत्रमा सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्न थालेका छन् ।
