
२३ भदौ, काठमाडौं ।काठमाडौंको माइतीघर मण्डलामा आज भएको जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
भ्रष्टाचारविरुद्ध साथै स्थायी सरकारको आवश्यकता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको कार्यान्वयनको मागका लागि हुन लागेको सो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको जनाएको छ।उच्च तहका अधिकारी परिचालन गरि माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गरेका छन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइएको बताइएको छ ।
अन्य सुरक्षा निकायःसशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गरेका छन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिने प्रहरीको भनाई छ ।
काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचलित गरिएको र माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइएको जनाइएको छ।
