संसद भवन अगाडि पुगे जेनजी,प्रहरीले हान्यो अश्रुग्याँस

२३ भदौ,काठमाडौं ।सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ।

तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन्।