प्रहरीले चलायो गोली,आन्दोलनकारीले संसद् भवनको गेटमा आगो लगाए,संसदभवनको सुरक्षाकर्मी बस्ने पोष्टमा पुगेर नेपालको झण्डा फहराए

२३ भदौ,काठमाडौं ।नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ।जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

यस्तै संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ ।

भने यता सुरक्षाकर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरुले नेपालको झण्डा समेत फहराएका छन् ।