जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई नगदसहित परिचयपत्र दिइने

२४ असोज,पोखरा ।पोखराका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा कास्की स्थायी ठेगान भएका ९२ जनालाई सरकारले नगद सहित परिचयपत्र वितरण गर्न लागेको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका ९२ जना घाइते भएका छन्।

असोज २६ गते देखि उनीहरूलाई परिचयपत्र वितरण गर्न लागिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन्।

उनका अनुसार त्यसका लागि उनीहरुले घाइते भई अस्पतालमा उपचारत गराएको टिकट वा पुर्जी,नेपाली नागरिकता र फोटो सहित प्रशासनमा उपस्थित हुनुपर्ने छ।

भैपरी खर्चको लागि बैंक खाता उपलब्ध गराउनुपर्ने र उनीहरूलाई जनही २० हजारका दरले सहयोग रकम समेत प्रदान गरिने उनको भनाई छ ।