
२६ असोज,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
साथै उनले सबै सञ्चारकर्मीहरूलाई पनि सो कोषको दायरामा ल्याउर्नै प्रयास भइरहेको पनि बताए ।
