ग्लोबल आइएमई बैंकले ल्यायो विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम

२ चैत, काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको छ।

बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो ।

बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात गरी यही मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।

यसका साथै,बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालमार्फत् पनि प्रसारण गर्नेछ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यो आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन्।

कार्यक्रममा बचत,कर्जा,रेमिट्यान्स,डिजिटल बैंकिङ्ग,बीमा,लगानी,अतिरिक्त बैंकिङ सेवाहरु,वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।