
६ जेठ,काठमाडौं । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ।
आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुने महाशाखाकोा भनाइ छ ।
आज देशका पहाडी तथा पूर्वी भू–भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। काठमाडौँसहित पोखरा,सिमरा,ओखलढुङ्गा,धनकुटा,विराटनगर,धरान,जिरी र ताप्लेजुङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
काठमाडौँको अधिकतम तापक्रम आज २७ देखि २९ डिग्री सेल्सियसको बिचमा रहने जनाइएको छ।
