
७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ ।
जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ ।
यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र मान सिं महर्जन, अमलेन्दु नारायण सिंह, नविन जिसी, महेन्द्र प्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्धि प्रसाद आचार्य, अर्जुन घिमिरे, जनादएन भट्ट, अनन्त मान सिंह, मधुसुदन दाहाल छन् ।
त्यस्तै दिपक राज लुइँटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डा. भोजराज घिमिरे, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्ण राम धुँजु, दिपक राज उप्रेती, माधव अधिकारी, नविन कुमार कर्ण, दिपेश शिवाकोटी र डा. राजिब सुब्बाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सदस्य (कानून) पदमा ४ जनाको आवेदन परेको जनाएको छ । जसमा अमृत कुमार रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक छन् ।
लेखा सदस्यमा ९ जनाको र बजार व्यवस्थापन सदस्यमा ५ र प्रशासन र प्राविधिक सदस्यमा १५ जनाको आवेदन परेको जनाइएको छ ।
