
१३ जेठ,काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह,रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ ।
मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह,सभापति लामिछाने र अर्थमन्त्री डा. वाग्लेबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको हो ।
बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।
