के को सम्पत्ति विवरण,खरानी उठाएर लैजा सरकार : एमाले अध्यक्ष ओली

२० जेठ,काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गरेका छन्।

आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ता आयोगलाई मान्यता नदिने समेत जिकिर गरेका छन्।

उनले भने, ‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। यो राज्य, राज्य होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। त्यो आयोग कि समिति के हो? त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन।’

नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको बताए।

उनले थपे,‘फेरि पनि म भन्न चाहन्छु,यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ,जे जे गर्न सक्छ गरोस्। यो राज्य। यो पूर्वाग्रह र प्रतिशोधको पोको हो,त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्।

‘आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण,खरानी भर्दिने मैलेरु सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरणरु खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण?’ कार्यक्रममार्फत उनले भने ।

उनले निर्वाचन ‘तमासा’ र ‘नाटक’ भएको समेत जिकिर गरेका छन् ।२१ फागुनको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो ।

साथै उनले अहिलेको परिस्थितिमा बामपन्थीविच अझ मजबुद एकता औंल्याएका छन् ।