
२१ जेठ,काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउन नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
बुधबार रास्वपाका सभापति लामिछानेसँगको भेटलगत्तै आफ्ना सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले सो विषय उल्लेख गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’
मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको समेत बताएका छन्।

