बर्डफ्लु पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

२८ जेठ,भरतपुर चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो।

पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा.प्रभात न्यौपानेले जानकारी दिए।

उनका अनुसार लगातार तीन दिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको हो।सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दाना नष्ट गरिएको छ।