
१० असार, चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।
७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका शाह बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन् ।बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न ।
७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए ।
उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे ।
चितवनको फोटो फेसबुकमा राखेर बालेनले लेखेका छन्, ‘भिजिट चितवन, न्यानो ठाउँ ।’
