रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

६ असोज,काठमाडौं । रसुवा बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण भइरहेको छ ।

हालसम्म चार वटा तुइन सञ्चालनमा ल्याइएको तथा थप तीन स्थानमा जडान तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड गाउँपालिका–६  र  आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको हो ।

थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।