कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना भएको छ ।
शनिबार साँझ ७ः३०बजे पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा ग१ख ९२९७ नम्बरको बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिएका छन् ।
अनियन्त्रित भई दुर्घटना भएको उक्त बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।भने, दुर्घटनाको थप विवरण आउन बाँकी छ । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने ।
रिजर्भ गरेर तनहुँबाट बाग्लुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किदै थियो ।
