काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खाता नै खोल्न पाएका छैनन् ।अहिलेसम्म उनको पक्षमा एक मत पनि पाप्त भएको छैन ।
यस्तै १० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् ।
नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।
यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् ।भने,मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।डाकप्रसाद गौतमले शून्य मत पाएको निर्वाचन आयोगले जनाएको छ।इलाम नगरपालिका –७ इलाम घर भएका गौतम स्वतन्त्र उम्मेदवार हुन् ।उनले महिला चुनाव चिन्ह पाएका थिए।
उक्त ठाउँको उपनिर्वाचनमा १९ जना उम्मेवार चुनावी मैदानमा उत्रिएका छन्।
