काठमाडौं ।ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय बासिन्दा शंकर पहरी छन् ।घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। पहरीको अस्पताल पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताएका छन्।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ।
आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ।आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका ६५ जना विरामीलाई अन्यत्र सारिएको मेयर महर्जनले जानकारी दिएका छन्।
आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् । आगो निभाउन महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।
