काठमाडौं।मंगलबार चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्वेसँगै पत्रकार सम्मेलनमा एकसाथ भेटिए।उक्त जमघटमा उनीहरुले आफूहरुबीच दरार आएको भन्ने चर्चाको खण्डन पनि गरे।
नयाँ टिभी सिरियल ‘बुहारी’को पत्रकार सम्मेलनमा यी दुईले आफूहरु अलग नभएको स्पष्ट पारे।‘सम्बन्ध टुटेको मान्छे अदालतमा भेटिन्छ,प्रोग्राममा भेटिदैंन,’राजु मास्टरले भने,‘हाम्रो सम्बन्ध धेरै राम्रो छ।दर्शकलाई हामीले धेरै ठाउँमा,धेरैपटक भन्नुपर्यो।अब त भन्दा–भन्दा पनि वाक्क भइसक्यो।कति भन्नु जस्तो।’उनले थपे।
बल्छीले हाँस्दै भने भने,‘सम्बन्ध टुटेको मान्छे ‘जुठे’मा सँगै खेल्दैन।’ पैसामा कुरो नमिलेर जोडी छुटेको हो भन्ने चर्चामै आयो,कुरा के हो भनेर सोधिएको प्रश्नमा बल्छी धुर्वेले भने,‘हामीलाई थाहा छैन,तपाईंले कसरी थाहा पाउनुभयो ।’
‘हामी नेपालीको बानी कस्तो भइदियो भने जहाँ डोजरले भत्काइरहेको छ,त्यहाँ मान्छे झुम्म हुन्छौं ।जहाँ बनाइराख्या छ,इन्जिनियरले घरको नक्सा बनाएको छ।त्यहाँ कोही पनि जम्मा हुँदैन,’ ‘हामी सँगै छौं ।सँगै नभएको भए अदालतमा हुन्थ्यौं ।एकले अर्कोलाई मुद्दा हालिरहेको हुन्थ्यौं ।’उनले भने।
पूर्वनिर्धारित योजना अनुसार नै आफूहरुले काम गरेको राजु मास्टरको भनाई छ।उनि भन्छन्, ‘एउटै कुरा के हो भने, ‘मैले सकस भन्ने सिरियल गर्या छु ।‘हल्का रमाइलो’ उसले चलाइराख्या छ।‘जुठे’ दुईजनाले चलाएका छौं ।त्यत्ति मात्र हो ।अरु केही होइन ।’
‘हल्का रमाइलो’मा राजु मास्टर चाहियो भन्नेलाई के भन्नुहुन्छ भनेर अर्को प्रश्नमा राजु मास्टरले भने,‘अहिलेसम्म मेरी बास्सैमा माग्ने बुढा चाहियो भन्ने ९० प्रतिशत छन् ।कमेन्टमा दर्शकको त्यो माया हो।हामीले कमाएको त्यही त हो नि । दुई—चार दिन छुट्टिंदैमा, मिडियाले अलग भयो भन्न मिल्दैन नि ! ’
