उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

कैलाली ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन्।

शनिबार प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले उद्यमशिलता विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए।मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्थानीय कच्चा पदार्थको भरपुर सदुपयोग र यस बाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्न सके मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ।

’स्थानीय उत्पादन बढाउनु जरुरी छ।कृषिमा आधारित उद्योगलाई बढवा दिने सरकारको नीति पनि हो ।’उनले भने।