कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला

काठमाडौं। कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् ।

 २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय उनी काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ स्नातक तह पहिलो सेमेस्टरमा अध्ययनरत छात्रा हुन् ।