न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ५ जनाको प¥यो उम्मेदवारी

काठमाडौं ।न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ५जनाको उम्मेदवारी परेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का(रुकुमपश्चिम),सङ्गीता खड्का(काठमाडौं),डा.मधुसुधन न्यौपाने (काठमाडौं),सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) को उम्मेदवारी परेको छ।

सञ्चार मन्त्रालयले यहि वैशाख १६ गते समितिको अध्यक्ष पदका लागि सूचना जारी गरेको थियो ।सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएर स्वीकृत भएको छ।

श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न र त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्ने उद्देश्यले सो समिति गठन भएको हो।