सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सुुरु गर्याे पुनर्जागरण अभियान

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही १ जेठदेखि २५ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने भएकाले यो अवसरको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।